सुध्रिएन बजेट अनुशासन, रकमान्तर गर्नमा कुन अर्थमन्त्री अगाडी ?

काठमाडौँ । आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा सरकारले रकमान्तरलाई पनि प्रश्रय दिएको छ । बजेट प्रस्तुत हुँदा एउटा आयोजनाका नाममा छुट्याइएको रकम पछि राजनीतिक एवम् प्रशासनिक शक्ति हुनेहरुले अर्कै आयोजनामा खर्च गर्ने प्रक्रियालाई रकमान्तर भनिएको हो ।
राजनीतिक शक्तिको आडमा यस प्रकारको गतिविधी हुँदै आएको छ । सार्वभौम संसदले पारित गरेको विनियोजन विधेयकलाई सरकारले मनपरी ढंगले उलटफेर गर्नु वित्तीय अनुशासनका दृष्टिले पनि गम्भीर गल्ति ठानिन्छ ।
तर नेपालमा यस्तो काम पहिलेदेखि नै लगातार रुपमा हुँदै आएको छ । पछिल्लो दशकमा त यसरी रकमान्तर गर्दै शक्तिशाली नेताहरुले आफ्नो क्षेत्रमा पैसा लैजाने कोसिस बढाउँदै लगेका छन् ।
यही विकृतिलाई रोक्न पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले रकमान्तरमाथि अंकुश लगाउने व्यवस्था गरेका थिए । तर त्यो व्यवस्था पनि लामो समय कार्यान्वयनमा रहन सकेन ।
नेपालमा राजनीतक अस्थिरताको असर रकमान्तरमा पनि देखिएको जानकार बताउँछन् । एउटा दलको नेतृत्वमा सरकार हुन्छ, एक जना अर्थमन्त्रीले बजेट ल्याउँछ । तर त्यसको कार्यान्वयन गर्ने क्रममा अर्थमन्त्री नै फेरिइसक्छ । कतिपय अवस्थामा त प्रधानमन्त्री नै बदलिन्छन् ।
कहिले प्रधानमन्त्री उही व्यक्ति भए पनि सरकारको गठबन्धन बदलिन्छ । लगातार गठबन्धनको सरकार सञ्चालन गर्नुपर्ने भएकाले अर्थमन्त्रीहरु चाहेरै पनि वित्तीय अनुशासनलाई थेगिराख्न अक्षम हुन्छन् । प्रधानमन्त्री र अर्थमन्त्री भिन्न दलका व्यक्ति हुँदा प्रधानमन्त्रीको दबाब रहन्छ ।
एउटै दलको हुँदा बेलाबखत ‘मनलाग्दी’ गर्ने गरेको पनि देखिन्छ । यस्ता अनेक कारणले नेपालमा बजेटको यथोचित कार्यान्वयन हुन सकेको छैन ।
कहिलेकाहीँ चाहीँ नेतृत्वको दबाबमा तयारी नै नभएका आयोजनामा रकम विनियोजन गर्नुपर्ने र त्यो पैसा खर्च हुन नसकेर अर्को आयोजनामा सार्नुपर्ने अवस्था समेत रहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यसरी हुने रकमान्तरको छोटो विगत हेर्ने हो भने विभिन्न कालखण्डमा भिन्नभिन्न मन्त्रीहरुले रकमान्तर घटाएको र बढाएको देखिन्छ ।
पछिल्लो ६ आर्थिक वर्षमा कुल वार्षिक विनियोजन र रकमान्तर (रू. अर्बमा) :

पछिल्ला अर्थमन्त्रीहरुको कार्यकाल :

कसले गरे धेरै रकमान्तर ? (विनियोजनको अनुपातमा) :
