सौन्दर्यमा आत्मनिर्भरता खोज्दै ‘ट्रु डर्मा’ « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सौन्दर्यमा आत्मनिर्भरता खोज्दै ‘ट्रु डर्मा’



काठमाडौं । पछिल्लो समय परदेश भासिने युवापुस्ताको जमात दिनप्रतिदिन बाक्लिँदै गएको छ । कतिपय युवा रहरले त, कतिपय कहरले– जसरी पनि युवापुस्ता परदेशिएका छन् ।

किनभने उनीहरूले यो देशमा भविष्य देख्नै छाडेका छन् । खेतबारी बाँझो छाडेर घरको चुल्हो बाल्न होस् या उच्च शिक्षाको उडान भर्न, विदेश जानेको लर्को नै लाग्ने गरेको छ । वर्षेनी हजारौं युवा बाहिरिने गरेका छन् । स्वदेशमै सम्भावना देख्ने युवाको संख्या अत्यन्तै कम रहेको छ ।

उद्यमी सुशान्त मुरारकालाई पनि कुनैबेला विदेशिने रहर नपलाएको होइन । आफूसँगैका साथीहरू धमाधम अष्ट्रेलिया, अमेरिका र युरोपका देश पुग्दा यहीँ बस्न उनको मनले मानेन । भारतमा पढाइ सकेर नेपाल फर्किएपछि उनले अष्ट्रेलिया जाने योजना बुने ।

घरको एक्लो छोरा भएकोले पनि उनका बुवाआमा उनलाई परदेश पठाउन तयार भएनन् । आफ्नै देशमा भविष्य सुधार्नुपर्छ भन्ने परिवारको अडानसँग उनले हारे । अनि उनको विदेश जाने सपना पनि १८० डिग्री मोडियो ।

स्वदेशमा नै संघर्ष गर्न सके सम्भावनाका ढोका प्रशस्त छन् भन्ने उनले बुझे । त्यसपछि उद्यमशीलता अंगाले– त्यो पनि सौन्दर्य सम्बन्धी । अनि स्थापना भयो, हाल सौन्दर्य क्षेत्रमा राज गरिरहेको ‘ट्रु डर्मा’ ।

सन् २०१४ मा ‘ट्रु डर्मा’ स्थापना गर्ने निचोडसहित अवधारणा बन्यो । यो क्षेत्रमा खासै नभिजेका मुरारकाले सुरुवाती चरणमा अनेकौं संघर्ष गर्नु पर्यो । तर उनले समस्याको त्यही पहाडमा अवसरको सिँढी बनाए । उनले नेपाली सौन्दर्य बजार उपभोक्ताले भोगिरहेका चुनौतीको निक्र्याैल गरे । सौन्दर्य बजारमा नेपाली उपभोक्ता कसरी ओझेलमा छन् भन्ने कुरा पत्ता लगाए । यहाँ एउटा ठूलो वर्ग विदेशी ब्रान्डमा विश्वास गर्थे ।

ती ब्राण्डले गुणस्तर त दिएका थिए, तर अत्यधिक महँगा थिए । कतिपय उत्पादन त नेपाली छालालाई सुहाउँदो पनि थिएन । अर्कोतर्फ बजारमा थुप्रै ‘सस्ता’ विकल्पहरू त थिए, तर तिनको गुणस्तर शंकास्पद थियो ।
कुल मिलाएर नेपालीले माटो सुहाउँदो उत्पादन पाउन सकिरहेका थिएनन् । सुशान्तले त्यही ‘खाल्डो’ देखे । र त्यसलाई भर्न थाले । सुरुमा सानो टीम, थोरै संसाधन र ठूलो सपना थियो । सन् २०१६ मा आधिकारिक रूपमा नै ‘ट्रु डर्मा’ को उत्पादनहरू बजारमा आउन थाल्यो ।

गुणस्तरमा ‘नो कम्प्रमाइज’

एकदमै सानो टीमबाट सुरू भएको ‘ट्रु डर्मा’लाई सफलता प्राप्तिका लागि सानो मिहेनतले पुग्दैनथ्यो । करिब २० लाख हाराहारी लगानी र चार–पाँच जना कर्मचारीबाट ‘ट्रु डर्मा’ले आफ्नो यात्रा थाल्यो । टीमले अथक भूमिका निभाए । अनुसन्धान, विकास, प्याकेजिङ, बजार सम्पर्क र ग्राहक सेवासम्म संघर्ष गर्नुपर्यो । सुरूसुरुमा नमुनाको लागि सामग्रीहरू यतिकै छोड्नुपर्यो । विस्तारै विस्तारै बजार लिन थाल्यो ।

मुरारका आफैँ ग्राहकको स्थानमा उभिएर उत्पादन परीक्षण गर्थे । ग्राहकसँग बारम्बार प्रतिक्रिया लिन्थे । कमीकमजोरी पत्ता लगाउँथे । राम्रो पक्षलाई यथावत् राखेर नराम्रो पक्ष सुधार गरिहाल्थे । उनी भन्छन्, “हामी परिपूर्ण छैनौं, तर सधैं सुधारतर्फ लागेका छौं । गुणस्तरमा कुनै कम्प्रमाइज नै गर्दैनौं ।” ट्रु डर्माको आफ्नो उत्पादन नेपाली छालालाई उपयुक्त हुने खालको छ ।
उत्पादनमा हानिकारक रसायन प्रयोग गरिएको छैन । ट्रु डर्माले प्राकृतिक तत्वहरूमा आधारित उत्पादनहरू बनाएको छ । यसले वैज्ञानिक विधिमा काम ग¥यो । प्रयोगशालामा बनाइने सामग्री केवल कागजी फर्मुलामा होइन, नेपाली अनुहारको जीवनशैली अनुसार परीक्षण गरिन्थ्यो । जलवायु, खानपान, छालाको प्रकार र दैनिकीलाई अध्ययन गरेर तयार गरिएका उत्पादनहरूले छालामा वास्तविक परिणाम दिन थाल्यो ।

यसले उत्पादन मात्र होइन, ‘स्किन टेस्ट क्याम्पेन’ पनि चलाइरहेको छ । उपभोक्ताले आफ्नै छालाको अवस्था अनुसारको उत्पादन प्रयोग गरून् भन्ने हेतुले यो क्याम्पेन चलाएको सञ्चालक मुरारका बताउँछन् । ट्रु डर्मा अहिले विभिन्न स्थानहरूमा फैलिएको छ । यसको बजारमा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार हुँदै गएको छ । यसको प्रमुख बजारहरू नेपाल र भारत रहेका छन् । भुटानमा पनि यसको राम्रो बजार रहेको छ । यूएईमा पनि बजार विस्तारका लागि प्रयास भइरहेका कम्पनीले जनाएको छ ।

अनि बन्यो ब्राण्ड

अनेकौं आरोह अवरोहबीच पनि ट्रु डर्मा आज एउटा ब्राण्ड बनेको छ । त्यो पनि विशुद्ध नेपाली । विदेश जाने सपनालाई तिलाञ्जली दिएका मुरारक्काले आज १६० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । विदेश जाने बाटो मोडेका उनलाई धेरै रोजगारी दिएर क्रान्तिकारी उपलब्धि हासिल गरेका छन् । यस ब्रान्डले केवल विदेशी ब्राण्डहरूसँग प्रतिस्पर्धा गरेको छैन, आक्रामक व्यवसाय विस्तार गरेको छ । काठमाडौं, पोखरा, बुटवल, धरानदेखि लिएर दुर्गम क्षेत्रसम्म ट्रु डर्माका उत्पादनहरू पुगेका छन् ।

अनलाइन बजार, मोबाइल एप र डिजिटल मार्केटिङमार्फत ब्राण्ड अझ धेरै मानसमा पुग्न थालेको छ । गुणस्तरीय र माटो सुहाउँदो अनि सुलभ अर्थात् नेपाली बजेट फ्रेन्डली रहेको कारण पनि यसतर्फ ग्राहकको आकर्षण दिन प्रतिदिन बढिरहेको छ ।
कुनैबेला नेपाली उत्पादनप्रति आफ्नै उपभोक्ताको विश्वास कम थियो । तर ट्रु डर्माले स्वदेशमै पनि विश्वस्तरीय उत्पादन सम्भव भएको कुरालाई पुष्टि गर्यो । त्यो पनि गुणस्तरमा सम्झौता नगरी, मूल्यमा प्रतिस्पर्धा गरेर ।

ट्रु डर्माले ‘साँचो सौन्दर्यको कथा’ नारासहित छाला र अनुहारको सजावट मात्र होइन आत्मविश्वास पनि बढाएको छ । यो ब्राण्डले नेपाली अनुहारमा सौन्दर्य मात्र फर्काएको छैन, बरु नेपाली उत्पादनलाई ‘गर्व गर्ने’ माहौल बनाएको छ ।

ट्रु डर्मा आज धेरैका लागि ब्राण्ड मात्र नभएर पहिचान बनेको छ । युवाहरूको सोच बदलिएको छ । विदेश नगई स्वदेशमै उद्यम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मुरारका । उनले गुणस्तर कायम गरेर पैसामा होइन विश्वासमा व्यापार गरिरहेका छन् ।
ट्रु डर्माले हालसम्म विभिन्न प्रकारका स्किनकेयर उत्पादनहरू बजारमा ल्याइसकेको छ । यसले सबै प्रकारको छालालाई उपयुक्त हुने उत्पादनहरू बजारमा ल्याएको छ ।

फेसवास, सनस्क्रिन, मोस्चराइजर, सेरम, दाग र चोटका निशान हटाउन मद्दत गर्ने स्कार क्रिम, स्याम्पु, कपालमा लगाउने तेल लगायत सामग्रीहरू छन् । यी उत्पादनहरू विशेष गरी छालाको रंग सुधार, बुढ्यौलीको लक्षण कम गर्ने र सूर्यको किरणबाट सुरक्षा दिने उद्देश्यले डिजाइन गरिएका छन् ।

तर यी सामग्रीहरू प्रयोग गर्दा आफ्नो छालाको प्रकारबारे जानकार हुनुपर्ने मुरारका बताउँछन् । उनी भन्छन्, ‘आफ्नो छालाको अवस्था बुझेर आफूलाई सुहाउने चीज प्रयोग गरेमा मात्र रिजल्ट पाइन्छ । सामान्य, तैलीय, सुक्खा, सेन्सेटिभ गरी छालाको विभिन्न प्रकार हुन्छ । त्यति मात्र होइन व्यक्तिपिच्छे छालामा फरक फरक समस्या पनि हुन्छ । प्रकार र समस्याको पहिचान गरेर त्यहि अनुसारको समान प्रयोग गर्ने हो भने त्यसले पूर्ण नतिजा दिन्छ ।’

छालाको पहिचान गरेर नै ग्राहकले सामग्री प्रयोग गरून् भन्ने हेतुले नै अहिले निःशुल्क स्किन टेस्ट क्याम्प चलिरहेको मुरारकाले बताए । ट्रु डर्माले नाम अनुसार नै आफूलाई अगाडि बढाएको छ । विभिन्न चुनौतीका बाबजुद आफूलाई थप उचाईमा पुर्याएको छ । यो कम्पनीको नेपालकै कस्मेटिक कम्पनीमै पहिलो कर्पोरेट अवार्ड पाउने कम्पनी समेत बन्न सफल । ट्रु डर्माले फोब्र्स इन्डियाले प्रदान गर्ने अवार्ड मात्र जितेन, विश्वको मुख्य २०० सय लिस्टमा पर्न सफल भयो । यस कम्पनीलाई अझ विश्वनीय र सशक्त बनाउँदै लैजाने मुरारका बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्