प्रदेश र स्थानीय तहलाई सवा ४ खर्ब विनियोजन, तपाईको पालिकामा कति बजेट आयो ? « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

प्रदेश र स्थानीय तहलाई सवा ४ खर्ब विनियोजन, तपाईको पालिकामा कति बजेट आयो ?



काठमाडौं । सरकारले प्रदेश सरकार र स्थानीय तहलाई सवा ४ खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२–८३ को लागि प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ बजेट पठाएको हो ।

अर्थमन्त्रालयका अनुसार समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान सहितको वित्तीय हस्तान्तरणका लागि सो बराबरको रकम छुट्याएको हो ।

आगामी आवमा प्रदेश सरकारलाई ९७ अर्ब ५६ करोड ४ करोड रुपैयाँ विनियोजन गरेको छ । यता, स्थानीय तहको लागि भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, महागनरपालिकालाई ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ, उपमहानरपालिकालाई ११ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ । यता, नगरपालिकालाई १ अर्ब ४३ अर्ब १० करोड ७३ लाख र गाउँपालिकालाई १ अर्ब ५४ अर्ब २ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयका अनुसार समानीकरण अनुदानका लागि कुल १ खर्ब ४९ अर्ब ६२ करोड ८० लाख रुपैयाँ, सशर्त अनुदानका लागि २ खर्ब ४१ अर्ब ८० करोड ९९ लाख, विशेष अनुदान तर्फ १३ अर्ब ४ करोड १९ लाख र समपुरक अनुदान (पुँजीगत) तर्फ ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

यता, प्रदेशगत आधारमा सबैभन्दा धेरै कर्णालीका लागि १६ अर्ब ४ करोड ७ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, कोशी प्रदेशका लागि १४ अर्ब ५० करोड ३३ लाख, सुदुरपश्चिमका लागि १४ अर्ब २० करोड ७२ लाख, लुम्बिनीका लागि १४ अर्ब १ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको छ । यता, बागमती प्रदेशका लागि भने १३ अर्ब ८१ करोड ९३ लाख, मधेशका लागि १२ अर्ब ७३ करोड ६४ लाख, गण्डकीको लागि १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको छ ।

वित्तीय-हस्तान्तरण_s19ud4v


प्रतिक्रिया दिनुहोस्