प्रभू इन्स्योरेन्सको लाभांश घोषणा, १८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । प्रभू इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको हो ।
हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।
अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।