राष्ट्र बैंकको राहत प्याकेज : चालु पुँजी कर्जा तिर्ने समय थपियो, व्यवसायीलाई कस्तो राहत मिल्नेछ ? « Arthapath.com
९ असार २०८२, सोमबार

राष्ट्र बैंकको राहत प्याकेज : चालु पुँजी कर्जा तिर्ने समय थपियो, व्यवसायीलाई कस्तो राहत मिल्नेछ ?



काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले व्यवसायी र बैंक दुवैका लागि सहज हुनेगरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ ।

चालु पुँजी कर्जा तिर्ने म्याद चाँडै सकिँदैछ भनेर तनावमा भएका व्यवसायीलाई अब केही समयको राहत हुने भएको छ ।

मार्गदर्शन संशोधनसँगै अब चालु पुँजी कर्जाको सीमा नाघेर लिएको रकम २०८२ असारमा फिर्ता गर्नुपर्ने बाध्यता हटेको छ ।

नयाँ व्यवस्था अनुसार त्यस्ता कर्जाहरू २०८४ असार मसान्तसम्म किस्ताबन्दीमा तिर्न सकिने छ । बाँकी रकमलाई समान अवधिमा बाँडी सो समयभित्र बुझाउन सकिने केन्द्रिय बैंकले जनाएके छ । त्यति मात्र होइन, चालु पुँजी कर्जाको सन्तुलन मूल्याङ्कन प्रणाली अर्थात् ‘भेरियन्स’ भन्ने प्रावधान पनि तत्काल लागु नहुने भएको छ । यसअघि २०८२ साउन १ गतेदेखि कार्यान्वयन हुने भनिएको ‘भेरियन्स’ सम्वन्धी व्यवस्था अब २०८३ साउन १ गतेबाट मात्रै लागु हुने छ ।

राष्ट्र बैंकको पछिल्लो निर्णयले निर्देशित कर्जा लगानीको समयसीमा पनि लम्ब्याएको छ । अब कृषि कर्जा २०८३ असार मसान्तसम्म पुर्याइएको छ । यस्तै, एसएमई, ऊर्जा र पर्यटन क्षेत्रमा जानुपर्ने कर्जा २०८५ असार मसान्तसम्म पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्