ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह, निजी क्षेत्रलाई ज्वाँई जस्तै व्यवहार गरेका छौँ « Arthapath.com
२८ माघ २०७६, मंगलवार

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह, निजी क्षेत्रलाई ज्वाँई जस्तै व्यवहार गरेका छौँ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई सरकारले सदैव सहयोग गरेको बताएका छन । उद्योगी व्यवसायीलाई तीव्र गतिमा सफल बन्न सकिने व्यापार व्यवसायमा लगानी गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मान कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरुलाई तीव्र गतिमा सफल बन्न सकिने व्यवसायमा लगानी गर्न आग्रह गरेका हुन् ।

व्यवसायी र उद्योगीहरुको सहजिकरणका लागि सरकारले धेरै ठाउँमा सहज वातावरण सिर्जना गरेको बताउँदै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘निर्यात क्षेत्रमा धेरै सहज गरेका छौं, समान रोकिएर विभिन्न ठाउँमा कुर्नु पर्ने अवस्थाको अन्त्य गरिसकेका छौं, अब ढुक्क भएर लगानी गर्नुस’, उनले भने ।

आर्थिक विकासका लागि निजि क्षेत्रको साथ विना सरकार एक्लै अधुरो हुने उनले बताए । राज्यमा शुसान कायम गर्न पारदर्शिकता, सक्षमता र सन्तुलन आवश्यक रहेको र त्यो अहिलेको सरकारले कायम गरेको उनले बताए । मुलुकमा उत्पादन गर्ने स्रोत र साधन प्रयाप्त भएकाले यसको सहि सदुपायेग गरि आर्थिक विकास गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे । आफ्नै देशमा नया नया चिजहरुको उत्पादनमा लागे सरकारले निजी क्षेत्रलाई सहयोग गर्न तत्पर रहेको जनाए ।

सरकार आर्थिक विकास गर्न कृषि र उद्योगबाट हुने हुँदा निजि क्षेत्रले पनि यसमा लगानी गर्न उनले भने अहिलेको सरकार तानाशाही नरहेको र शुसान कायम गर्न सफल भएका छौँ ।
लामो समयदेखी अस्थिर रहेको राजनीतिक अवस्था स्थिर रहेकोले अवको समय भनेको कानुन निर्माण गर्ने, शुसान, आर्थिक बिकासका कार्य गर्ने रहेको प्रधानमन्त्रीले बताए ।

कानुनको पालना गर्नुपर्ने र कानुन बाहेक कार्य गर्नुपर्दा आफुलाइ जानकारी गराउन व्यावसायीहरुलाई आग्रह गर्दै उनले निर्यात र आयत गर्नुपर्दा व्यावसायीहरुले भोग्नु परेको समस्या अन्त्य भएको छ । स्वच्छता, पारदर्शीकता भए मात्र शुसान कायम हुने, शुसान भए मात्र बिकासले गति लिने र आजको यस सम्मानले राज्यको लागि काँधमा थप जिम्मेवारी बनाएकोले लोगोको मर्यादा राख्न पनि उनले आग्रह गरे ।

त्यस्तै, राज्यमन्त्री मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई ज्वाइँ सरहको ब्यवहार गरेको बताए । व्यवसायी देशको मेरुदण्ड भएकोले उद्योगीले भनेका सबै कुरामा सरकार सकारात्मक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्