दैनिक ७.५ किमि सडक पिच गर्ने सरकारको तयारी (यस्तो छ मन्त्रीपरिषदका निर्णय) « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

दैनिक ७.५ किमि सडक पिच गर्ने सरकारको तयारी (यस्तो छ मन्त्रीपरिषदका निर्णय)



काठमाडौं । जनताको जीवनस्तर माथि उक्लिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले यस्तो बताएका हुन । सरकारले नराम्रो केही नगरेको तर नराम्रो देख्ने आँखाहरू नै नराम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

उनले नराम्रा आँखाहरूले सरकारलाई नराम्रो देखेको टिप्पणी समेत गरे । उनले शान्ति सुव्यवस्था सुध्रेको तर मान्छेहरूले एउटा घटनालाई लिएर सरकारमाथि आलोचना गरेको भन्दै असन्तुष्टि पोखे । बाँस्कोटाले रेल यही वर्ष्भित्र कुद्ने बताए । उनले महासागरमा नेपालको झण्डा बोकेर पानीजहाज छिटै तैरिने बताए । उनेल प्रत्येक दिन ५ दशमलव ७ किमी सडक कालोपत्रे भएको तथ्यांक पेश गरे ।
उनले सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं सम्बोधन गर्ने बताएका छन । ’विधिको शासन बलियो भयो भन्ने हाम्रो दाबी छ,’ उनले भने, ’रुल अफ ल को इन्डेक्स २ स्थान माथि पुगेको छ । त्यसैगरी भ्रष्टाचारसम्बन्धी सूचकांकमा पनि हामी अघि आएका छौं । सुखी नेपाली समृद्ध नेपालको नाराले नतिजा देखाउन थालेका छ ।’

नारायणी नदीमा संचालन गर्न लागिएको पानीजहाज (क्रुज)का लागि स्टेसन (पोर्ट) निर्माण गर्न सरकारले राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक सहमति प्रदान गरेको छ । यस्तै कर्जा सूचनासम्बन्धी विधेयक तर्जुमा गर्न समेत मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्