कोरोना भाइरसले घट्यो विदेशी मुद्राको भाउ « Arthapath.com
२ फाल्गुन २०७६, शुक्रबार

कोरोना भाइरसले घट्यो विदेशी मुद्राको भाउ



काठमाडौं । हिजोको तुलनामा आज नेपाली बजारमा विदेशी मुद्राको भाउ केही पैसा घटेको छ । शुक्रबार सबै विदेशी मुद्राको भाउँ घटेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा तोकेको छ । विहिबार खरिद दर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा थियो ।

नेपाली मुद्रा सटहीमा केही घटेको छ । सामान्य केही घटबढ भैरहन्छन् तर ठुलो ग्याप भयो भने अध्यायनको विषय हुनसक्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन । डलर केही घटेको खण्डमा नेपाली मुद्रा केही बलियो भएको मानिनेछ ।

चिनबाट फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा लगानीकर्ताको कन्फिडेन्समा आएको कमीले डलर लगायत विदेशी मुद्रामा केही गरावट आएको प्रवक्ता भट्टको बनाई छ । अहिले विश्व अर्थतन्त्रमा लगानीको उचित वातावरण नदेखेपछि लगानीकर्ता गोल्डतिर आकर्षित भएको राष्ट्र बैंकको तर्क छ । अर्थिक गतिमा तिव्र चिनमा फैलिएको महामारीले अमेरीकी डरमा अषर देखिएको हो ।

नेपाली मुद्रा भारतिय मुद्रासंग निर्भर रहेकाले खासै ठुलो असर नपर्ने प्रवक्ता भट्ट बताउँछन । भारतिय आइसि र नेपाली रुपैयाँको कारोवारमा घटबढ भएको छैन ।


प्रतिक्रिया दिनुहोस्