बैंक अफ काठमाडूले दियो बाल अस्पताललाई १ करोड « Arthapath.com
७ फाल्गुन २०७६, बुधबार

बैंक अफ काठमाडूले दियो बाल अस्पताललाई १ करोड



काठमाडौं । बैंक अफ काठमाडूले राजधानीमा बाल अस्पताल बनाउन १ करोड सहयोग गरेको छ । बुधबार एक कार्यक्रम गरी बैंकले १ करोड नगद सहयोगको चेक हस्तान्तरण गरेको हो ।

बैंकले स्थापनाको रजत उत्सवको अवसरमा बैंकको सामाजीक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसियु कक्ष निर्माणको लागी सो रकम प्रदान गरेको हो ।

बरिष्ठ मुटुरोग विषेसज्ञ डा भगवान कोइरालद्वरा स्थापित संचालित सहयोग काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बैंकले सहयोग गरेको हो । सहयोग रकम राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले संस्थाका संस्थापक एवम् अध्यक्ष डा. भगवान कोइरलालाई हस्तान्तरण गरे । समारोहमा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ मुटुरोग विषेसज्ञ डा. कोइरालाले सहयोग रकम आफुलाई नभई नेपालका दुःखी पिडित बच्चाहरुलाई प्राप्त भएको बताए । सहयोग रकम हस्तान्तरण गर्दै गभर्नर डा. नेपालले ठुलो मनले सहयोग गरेकोमा बैंक संचालक समिति व्यवस्थापनलाई धन्यावाद दिए ।
साथै बैंकले आर्थिक पत्रकारीतामा महिला पत्रकारको क्षमता अभिवृद्धिको लागी ५ लाख सहयोग गरेको छ । सहयोग रकम आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भिमप्रसाद गौतमले नगद चेक ग्रहण गरेका छन ।


प्रतिक्रिया दिनुहोस्