प्रधानमन्त्रीले दिए सम्पती सुद्धिकरणलाई चुनौति, घर गाडी किन्दैमा सबैलाई समात्न हुँदैन « Arthapath.com
८ फाल्गुन २०७६, बिहीबार

प्रधानमन्त्रीले दिए सम्पती सुद्धिकरणलाई चुनौति, घर गाडी किन्दैमा सबैलाई समात्न हुँदैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टचार अन्त्य भएको बताएका छन । आफु देश स्वच्छ बनाउनतर्फ लागेको बताउँदै ओलीले भने जसले राम्रो गरेको उसलाई सरकारले केही नगर्ने बताए ।

बैंकर र राष्ट्र बैंकका अधिकारीहरु सम्मिलित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने कसैले गाडी किनेको देख्यो कि समातिहाल्ने घर किन्यो कि समातिहाल्ने गर्न नहुने बताए । शुसाशनको लागी सरकार कही नहिच्कीचाउने बताउँदै कसैको अनुहार नहेरी कारवाही गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले आफुलाई कुर्सीको भन्दा पनि देशको चिन्ता रहेको बताए । म धेरै समय बस्दिन तर स्टम बसालेर छोड्छु भने । अहिले ७७ ओटै जिल्लामा नेपाल टेलिकमको फोरजि सेवा पुगेको बताउँदै ओलीले मुलुकले फड्को मारिरहेको बताए । नेपालको २ तिहाई जनसंख्या कृषिमा आश्रीत रहेको तर उत्पादन बढ्न नसकेको बताए । भुकम्पले भत्काएका संरचना बन्दै गरेको भन्दै उहाँले अव विकासले गति लिने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर तिन्तामणी सिवाकोटीको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ नामक पुस्तक र समृद्ध नेपाल सुखी नेपाली बोलको गित बिमोचन गर्दै प्रधानमन्त्रीले देशमा स्वच्छता खाँचो रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पुस्तकमा वर्तमान मुलुकको वित्तिय प्रणालिको चित्रण गरिएको बताए । त्यस्तै सताव्दी पुरुष तथा संस्कृतीविद सत्यमोहन जोशीले मुलुकको संस्कृतीमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपालका प्रथम गभर्नर हिमालयसमशेर राणाले शिवाकोटीमा आर्थिक क्षेत्र बाहेक साहित्य र संस्कृतीमा समेत पोख्त रहेको बताए । त्यस्तै बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले साउथ एसियामै नेपालको बैंकिङ क्षेत्र १ नंबरमा रहेको बताए । उनले बैदेशिक लगानीविना देशमा समृद्धि नआउने बताए । पुस्तक पैरवी प्रकाशनले प्रकाशन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्