७० करोड काण्डबारे स्वीस दुताबासले मुख खोल्यो ‘विजय मिश्रसँग सम्बन्ध छैन’ (विज्ञेप्ती सिहत) « Arthapath.com
८ फाल्गुन २०७६, बिहीबार

७० करोड काण्डबारे स्वीस दुताबासले मुख खोल्यो ‘विजय मिश्रसँग सम्बन्ध छैन’ (विज्ञेप्ती सिहत)



काठमाडौं । हिजो साँझ एक अनलाइनमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रीसँग ७० करोडको कमिसन डिलको काण्ड अडियो सार्वजनिक भएपछि अहिले सबैतिर खैलाबैला मच्चिएको छ । सोही काण्डले बहालवाला मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन भने उदै बास्कोटासंग डिलिङ गर्ने विजय मिश्रको बारेमा थप अनुसन्धान सुरु भएको छ ।

नेपालमा सेक्युरिटी प्रेस ल्याउने भन्दै मन्त्री बास्कोटासंग कमिसन डिल गरेका मिश्रलाई संसदको सार्वजनिक लेखा समितिलेसमेत कारबाहीको माग गरेको छ । तिनै मिश्रले पटक पटक स्वीस दुूतावासको नाम लिएर आफु एजेन्ट भएको बताएपछि आजै दुतावासले मिश्रसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

विहिबार दुतावासले एक विज्ञेप्ती प्रकाशित गर्दै मिश्र दुतावासको कुनै एजेन्ट नभएको बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र मिश्रबीच भएको अडियोमा संवाद सार्वजनिक भैसकेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) खरिद गर्ने विषयमा पनि दुतावासको कुनै समन्वय नभएको समेत जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्