अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूत बनाईँदै « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

अर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूत बनाईँदै



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाको सांसदको २ वर्षे कार्यकाल अर्को साता सकिने छ । उनी सुरक्षित अवतरणको खोजीमा लागि रहेको स्रोतले दाबी गरेको छ । सांसदको कार्यकाल सकिएपछि स्वतः अर्थमन्त्रीको पद पनि जाने भएपछि खतिवडाले अमेरिकाको राजदूत हुने इच्छा देखएको स्रोतले बताएको छ ।

मन्त्री बनेदेखि नै सर्वत्र आलोचित खतिवडाको पछिल्लो दिनमा पार्टिभित्र पनि चर्को बिरोध भएपछि सुरक्षित भविष्यको लागि अमेरिकाको राजदूत बनाइदिए आफू खुशी हुने निकटस्थहरूसँग बताएका हुन् । पार्टीको सचिवालय बैठकले डेढ महिनाअघि राष्ट्रिय सभाको रिक्त हुने निर्वाचनको लागि उम्मेदवार चयन गर्ने सिलसिलामा बनाएको मापदण्डमा दुई वर्षे कार्यकाल सकिएका कुनैपनि सांसदलाई पुनः राष्ट्रिय सभामा नदोहोर्याउने सहमति गरेपछि खतिवडाको राष्ट्रिय सभाको सांसदमा दोहोरिने चाहनामा तुषारापात लागेपछि उनले राजदूत बनेर जाने मध्यमार्ग अपनाएका हुन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको म्याद सकिएपनि सरकारले पछिल्लो केहि महिनादेखि उनलाई अर्को राजदूत नियुक्त नभएसम्मको लागि कायमै राखेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र राष्ट्रसंघीय विकास कार्यक्रमका अन्धभक्त खतिवडाको पहिलो रोजाई पनि अमेरिकी राजदूत बन्न खोज्नु कुनै नौलो नभएको उनलाई दशकौंदेखि नजिकबाट चिनेकाहरू बताउँछन् ।

अर्थमन्त्री बनेको दई वर्षसम्म पनि मन्त्रालय मातहतका विभिन्न संघ संस्था तथा निकायमा आफ्ना मान्छेलाई नियुक्त गर्न नसकेको पीडा, आगामी चैतमा राष्ट्र बैंकको गभर्नरमा आफ्नो मनले खाएको मान्छेलाई नियुक्त गर्ने इच्छामा अवरोधहरू देखापर्न थालेको अवस्था र स्वयम् अर्थमन्त्रीमा लामो समयसम्म आफ्नो निरन्तरता नरहने छनक पाएपछि खतिवडाले बेलैमा बहिर्गमनको सोच बनाएको हुनसक्ने अड्कल काटिएको छ ।

उनले नागरिक लगानी कोष, पुनर्बिमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, स्वास्थ्य बीमा बोर्ड र धितोपत्र बोर्डको प्रमुखमा आफू गभर्नर छँदा कनिष्ठ तहमा रहेर राष्ट्र बैंक, वाणिज्य बैंक र कृषि विकास बैंकमा कार्यरत कर्मचारीले पछिल्ला दिनमा राजनीतिक पहुँचको आधारमा आफ्नो योजना र व्यक्तिलाई नै पाखा लगाइदिएपछि खतिवडा निचोरेको कागतीझैं देखिँदैै आएका छन् ।

यसबीचमा उनी राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा सामान्य शैक्षिक योग्यता भएका आफ्ना एकजना हनुमान र नागरिक लगानी कोषको सञ्चालकमा सरकारी कर्मचारीको कोटा भन्दै चोरबाटोबाट छोरीज्वाईंलाई मात्र निय’क्त गर्न सफल भएका छन् । यसले पनि खतिवडालाई थप निराशातर्फ धकेलेको अनुमान लगाउन सकिन्छ । सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्