डेपुटी गभर्नर शिवाकोटीको पुस्तक विमोचनमा किन गएनन् अर्थमन्त्री खतिवडा ? « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

डेपुटी गभर्नर शिवाकोटीको पुस्तक विमोचनमा किन गएनन् अर्थमन्त्री खतिवडा ?



काठमाडौं । गत बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बाल’वाटारमा वरिष्ठ डेप’टी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित समृद्ध नेपाल, सुखी नेपाली पुस्तकको विमोचन समारोहमा उपस्थित भएनन् । विगतमा राष्ट्र बैंकमा गभर्नर बनेदेखि नै शिवाकोटीप्रति नकारात्मक दृष्टिकोण बनाउँदै आएका खतिवडा उनी डेपुटी बनेपछि झन् आक्रोशित भएका थिए ।

केन्द्रीय बैंकको वर्तमान नेतृत्वप्रति कटाक्ष गर्दै आइरहेका खतिवडालाई बिहीबारको कार्यक्रम नसोचेको घटना बन्न पुग्यो । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आफूले शिवाकोटीको आलोचना गर्न नमिल्ने र गुणगान गाउन अन्तरआन्तामाले नमानेपछि एउटा बहाना बनाएर बालुवाटार नगएको खतिवडा निकट अर्थमन्त्रालय स्रोतले बताएको छ ।

खतिवडालाई एक्लाउँदै प्रधानमन्त्रीसँग निकटको सम्बन्ध राखेर आगामी चैतमा रिक्त हुने गभर्नर पदको लागि शिवाकोटीले प्रपञ्च रचेको पनि अर्थमन्त्रीका ज्वाईं रामशरण खरेलले एकथरीलाई बताएको बैंकका एकजना कार्यकारी निर्देशक बताउँछन् । निवर्तमान अर्थसचिव राजन खनाललाई गभर्नर बनाएर आगामी पाँच वर्ष एकछत्र राज गर्ने योजना बनाएका खतिवडा र खरेलको योजनामा धक्का लाग्ने महशुस गरेपछि गभर्नर नियुक्तीको प्रक्रियालाई जतिसक्दो पछाडि धकेल्न अर्थमन्त्री अनेकौं तानाबाना ब’न्नमा व्यस्त रहेको पनि समाचार स्रोतले दाबी गरेको छ । सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्