प्रतिबन्धित सिलिन्डर बजारमा छ्याप्छ्याप्ती « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

प्रतिबन्धित सिलिन्डर बजारमा छ्याप्छ्याप्ती



काठमाडौं । नेपालमा प्रतिबन्ध गरिएका साना ग्याँसका सिलिन्डर बजारमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र नेपालगञ्ज भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा साना ग्याँसका सिलिन्डरहरु बिक्री हुँदै आएको पाईएको छ ।

साना सिलिन्डरको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्याँस बिक्रेतालाई लक्षित गरी अनुगमनसमेत गरेको छ ।
संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्याँस बिक्रेताको पसल अनुगमन गरेको थियो । अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्याँसका सिलिन्डर बिक्री गरेको पाइएको वाणिज्य कार्यालयले जनाएको छ । उनीहरुलाई प्रतिफर्म २० हजारका दरले जरिवान गरेको जनाउको छ ।
नेपालमा अनुमति नभएका साना ग्याँस सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने गर्दछ ।
साना सिलिन्डरमा ग्याँस भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्याँस भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्याँस भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ ।


प्रतिक्रिया दिनुहोस्