चन्द्र ढकालको उमेदवारी घोषणमा किन गएनन् गोल्छा ? « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

चन्द्र ढकालको उमेदवारी घोषणमा किन गएनन् गोल्छा ?



काठमाडौं । आगामी २८ र २९ चैतमा हुन गईरहेको नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको पदमा चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेका छन । आज राजधानीको पाँचतारे होटलबाट ५ प्रदेशका अध्यक्ष र ८० जिल्ला नगर अध्यक्षलाई साथै राखेर ढकालले आफ्नो उमेदवारी घोषणा गरेका छन ।

महासंघका हस्तीहरु शुरज बैद्य र चण्डीराज ढकाललाई पनि संगै राखेर उमेदवारी घोषणा सभामा कलाकारहरु शुनिल थापा र निर शाहसम्म भेला पारिएको थियो । ढकालको उमेदवारी सभामा स्वत अध्यक्ष बन्न लागेका हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छ भने गएनन् । ३ सताअघि किशोर प्रधानको उमेदवारी घोषणामा विराटनगर पुगेका गोल्छा ढकालको सभामा भने गएनन् ।

“समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार” मूल नाराका साथ ढकालले आज औपचारीक उमेदवारी घोषणा गरेका हुन ।

उमेदवारी घोषणा गर्दै उनले तीन खम्वे अर्थ नितीमा निजी क्षेत्र पनि रहेको भन्दै ढकालले निजी क्षेत्रलाई राज्यले सहयोगीको रुपमा अगाडी बढाउन सहयोग गर्ने बताए । उनले भने ‘निजी क्षेत्रमा रहेको समस्या समाधान गर्न राज्यसंग सहकार्य गरेर अघि बढ्ने छुँ ।’ निजी क्षेत्रले दिने सेवा राज्यको लागि नै भएकाले यसमा सरकारले पनि गम्भिर भएर लाग्नु पर्ने छ ।’

राज्यलाई कर तिर्न पनि थुप्रै समस्या रहेका छन उनले भर्ने यो समस्या हटाउनको लागि बैज्ञानिक कर प्रणाली लागु गराउनमा आफ्नो भूमिका रहने छ ।’ निजी क्षेत्रले एक प्लस एक बराबर दुई नभएर एघार बनाउने उनले दावी गरे ।

उनको उमेद्धारी घोषणामा नेपाल उद्योग बाणिजय महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकाल, सुरज बैध, नेपाल उद्योग बाणिज महासंघका उपाध्यक्षहरु, केन्द्रिय सदस्यहरु, प्रदेश अध्यक्षहरुमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, ५ न ंप्रदेश, गण्डकी प्रदेश र १ नं प्रदेशका अध्यक्ष, ८० जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरु, विभिन्न वस्तुगत संघका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । तर महासंघको ५४ औं वार्षिक साधारणसभाबाट आगामी अध्यक्ष हुन लागेका शेखर गोल्छे भने उपस्थित भएका थिएन ।


प्रतिक्रिया दिनुहोस्