कोरोनाको कारण सातामै ३ रुपैयाँले बढ्यो डलरको भाउ « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

कोरोनाको कारण सातामै ३ रुपैयाँले बढ्यो डलरको भाउ



काठमाडौं । विश्वभरी फैलिएको कोरोनाको भाइरस नेपालमा नभित्रिदैँ संत्रास फैलिएको छ । नेपालमा आधिकारीक रुपमा कशैलाई पनि कोरोना भाइरस नदेखिएपनि अर्थतन्त्रमा भने यसको प्रभाव देखिन थालेको छ ।

कोरोनाको कारण नेपाली मुद्रामा पनि अषर देखिन थालेको छ । नेपाली पैसा डलरको तुलनामा सातामै ३ रुपैयाँ सस्तो भएको छ । अथार्त डरल महंगिएर ३ रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलरको विक्रीदर १ सय १८ रुपैयाँ ८४ पैसा तोकेको छ ।

गत सोमबार १ सय १५ रुयौयाँ ८६ पैसा तोकिएको अमेरिकी डलरको भाउँ एक सातामै ३ रुपैयाँ बढेको हो । यो रेट अहिलेसम्मकै उच्च हो । कोरोनाको. कारण नेपाली मुद्रा ओरालो लाग्ने क्रम रोकिएको छैन । नेपाली मुद्रा भारतिय मुद्राको विनिमयसंग संबन्धीत रहदै आएको छ । डलरको तुलनामा भारु खस्किएपछि नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ । भारतमा केहीलाई कोरोनाको संक्रमण देखिएपनि नेपालमा हालसम्म देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस्