विद्यालय समयमा परिवर्तन, बैसाखदेखी विहान ९ बजेदेखी ३ बजेसम्म « Arthapath.com
३ चैत्र २०७६, सोमबार

विद्यालय समयमा परिवर्तन, बैसाखदेखी विहान ९ बजेदेखी ३ बजेसम्म



काठमाडौं । अव सार्वजनिक विद्यालय समयमा परिवर्तन आउने भएको छ । सरकारले विद्यालयमा हेरफेर गर्ने यस अघिको निर्णय कार्यन्वयनमा ल्याउने तयारी गरेको हो । आगामी नयाँ शैक्षिक सत्र २०७७ देखी विद्यालय समय विहान ९ बजेदेखी ३ बजेसम्म संचालनमा ल्याउने तयारी गरेको हो ।

सरकारे यस अघिनै मन्त्रीपरिषद बैंठकले विद्यालय समय हेरफेर गरेको भएपनि कार्यन्वयनमा आएको थिएन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय ममय परिवर्तनको तयारी गरेको हो । नयाँ शैक्षिक सत्र २०७७ संगै बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने गराउने निर्णय गरेको हो ।

देशभर सरकारी तथा निजी कार्यलय समय १० बजेदेखी रहेको र सो समयमा सार्वजनिक निजी तथा विद्यालयका गाडीहरुको चापलाई मध्यनजर राखेर विद्यालय समयमा परिवर्तन ल्याइन लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । सो को तयारीको लागी अभिभावक प्रतिनिधि, प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरी साथै सरोकारवालाहरुको संयुक्त छmफलपछि समय परिवर्तन कार्यन्वयनमा आउन लागेको हो ।

शहरी क्षेत्रमा अधिकांस निजी स्कुलले विद्यार्थी बसमार्फत विद्यालय जाने आउने गर्ने गरेकाले सवारी चाप कम गर्न ट्राफिक कार्यलयले यसअघिनै विद्यालय समय परिवर्तनको लागी पटक पटक आग्रह गर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्