कोरोनाको उपचार सामाग्री लिन चिन उड्यो वाइडबडी « Arthapath.com
१५ चैत्र २०७६, शनिबार

कोरोनाको उपचार सामाग्री लिन चिन उड्यो वाइडबडी



काठमाडौं । छिमेकी चिन सरकारले कोरोना कोभिड–१९ नियन्त्रणको लागी नेपाल सरकारलाई आवश्यक सामाग्री सहयोग गर्ने भएको छ । सो सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी ए ३३० जहाज आजै चिनको राजधानी ग्वाङ्जाओ उडिसकेको छ ।

आज दिउसको १२ः३० बजे वाइडवडी जाहाज चिन सरकारले सहयोगमा दिन लागेको कोरोना नियन्त्रणको लागी औषधी तथा मेडिकल उपकरण लिन गएको हो । चिन सरकारले १ साता अघिनै सामाग्रीको लिष्ट पठाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । चिन सरकारले करिव ३० टन मेडिकलजन्य उपकरण तथा औषधि सकयोगमा उपलव्ध गराउन लागेको हो ।

सो जाहाजले चिनबाट आजै राती औषधी नेपाल ल्याइपुर्याउने बताइएको छ । चिनबाट फैलिएको कोरोना हाल चिनमा नियन्त्रण हुँदै आएको छ भने अन्य देशहरुमा फैलदै गएको छ । नेपालमा पनि हालसम्म ४ जनामा संक्रमणम भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जजाएको छ ।

सरकारले चिनबाट प्राप्त औषधी तथा मेडिकलजन्य उपकरणहरु सबै स्थानिय तहमा पठाउने निर्णय गरिसकेको छ । संभवत भोलिबाटै सबै ७ सय ५३ स्थानिय तहमा स्वास्थ्यकर्मीहरुले लगाउने पिपिइ, कोरोना परिक्षण गर्ने किटलगायत सुरक्षाका सामाग्री पुर्याइने सरकारको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्