दुई डेपुटीको दुई कुरा, शिवाकोटीले भने म अयोग्य, श्रेष्ठले अधिकारीलाई ‘मसिया’ भने « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

दुई डेपुटीको दुई कुरा, शिवाकोटीले भने म अयोग्य, श्रेष्ठले अधिकारीलाई ‘मसिया’ भने



काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको भदभार ग्रहण कार्यक्रममा मंगलबार सम्पन्न भएको छ ।

पदभार ग्रहण लगत्यै राष्ट्र बैंकद्वरा आयोजित संक्षिप्त कार्यक्रममा दुई डेपुटी गभर्नरले आ–आफ्नै तर्क राखे । कार्यक्रममा संबोधन गर्दै डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले म पनि गभर्नरको दौडमा रहेको तर आफुभन्दा योग्य छानेर सरकारले अधिकारीलाई नियुक्त गरेको बताए । ‘म पनि गभर्नरको दौडमा थिएँ म भन्दा बढी जान्ने मान्छे सरकारले छानेर गभर्नर बनायो ।’
गभर्नर अधिकारीले संबोधन गर्नै लाग्दा शिवाकोटीले संगै पढेकोसमेत भने । अधिकारी र शिवाकोटी विकम संगै पढेका व्यक्ति हुन । कार्यक्रममा शिवाकोटीले योग्य र सक्षम व्यक्ति गभर्नर भएको भन्दै राष्ट्र बैंक अझै बलियो बन्ने बताए ।

त्यस्तै कार्यक्रम समापन गर्दै अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले सबैभन्दा सक्षम व्यक्ति गभर्नर पाएको बताए । उनले अधिकारीलाई ‘मसिया’ भन्न समेत भ्याए । मसिया भनेको जस्तो सुकै चुनैतिलाई समेत पार लगाउन सक्ने क्षमता भएको मान्छे भन्ने बुझिन्छ । श्रेष्ठले नियमन सुपरिवेक्षणमा अधिकारी दख्खल भएको श्रेष्ठले बताए । वित्तिय अनुशासनमा राष्ट्र बैंकले अझै फड्को मार्ने श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्