बजेट १८ खर्वको आउनुपथ्र्यो रेल र पानिजाहाजको कुरा अहिले गर्ने होइन : डा. भट्टराई « Arthapath.com
१६ जेष्ठ २०७७, शुक्रबार

बजेट १८ खर्वको आउनुपथ्र्यो रेल र पानिजाहाजको कुरा अहिले गर्ने होइन : डा. भट्टराई



काठमाडौं । पुर्वप्रधानमन्त्री एवम् पुर्व अर्थमन्त्री डा बाबुराम भट्टराईले बजेटको आकार सानो भएको बताएका छन । आज नेपाल आर्थिक पत्रकार समाजद्वरा आयोजित भिडियो कन्फ्रेरेन्समा बजेटको आकार सानो भएको भट्टराईले बताए ।

उनले ठुला पुर्वाधारमा लगानी गर्नको लागी बजेटको आकार ठुलो चाहिने भन्दै आफुले अर्थमन्त्रीलाई १८ खर्वको बजेट ल्याउन सुझाव दिएको बताए । उनले शिक्षा र स्वास्थ्या र सामाजिक सुरक्षा राज्यको दायित्व रहेको भन्दै सरकारले यसलाई निरन्तरता दिएको तर बजेट कम भएको बताए ।

भट्टराईले काङग्रेस कम ल्याउने पक्षमा रहेकाले किन कम बजेट ल्याउन चाहेको आफुले नबुझेको पनि बताए । उनले ठुला पुर्वाधारमा लगानी नपुगेको भन्दै बजेटको आकार सानो भएको बताए । विदेशी लगानी आउन गाह्रो हुने पनि उनले बताए । बजेट परम्परावादी आयो, समाजवाद उन्मुख बजेट छैन । उनले बजेट समाजवाद उन्मुख हुनुपर्ने तर बजेट ल्याउने सरकारनै अषनमा उभिएको गगन्तव्यहिन भएको बताए ।

पुर्वप्रधानमन्त्री भट्टराईले कोरोनाका कारण अर्थतन्त्र ध्वस्त भएको भन्दै यसको प्रवाव अर्को वर्षमा देखापर्ने बताए । अव झन भयवह स्थीति आउने उनको तर्क थियो । यस्तो अवस्थामा ठुला पुर्वाधारमा लगानी गरेर मुलुकभित्रै रोजगारी सृजना गर्न सरकार चुकेको बताए ।

उनले आफु अर्थमन्त्री हुँदा आव २०६५/६६ मा भिजनसहित बजेट ल्याएकोसमेत दावी गरे । भट्टराईले सरकारले रेल र पानिजाहाजको कुरा अहिले गर्ने होइन । यसमा बजेट छुट्याएको छ यो गलत भएको बताए ।


प्रतिक्रिया दिनुहोस्