आज कुवेत, बंगलादेश, थाइल्याण्ड र सिंगापुरबाट नेपाली स्वदेश फर्कंदै « Arthapath.com
३ असार २०७७, बुधबार

आज कुवेत, बंगलादेश, थाइल्याण्ड र सिंगापुरबाट नेपाली स्वदेश फर्कंदै




काठमाण्डौ – विश्भरी फैलीरहेको कोरोना भाइरस कोभीड १९ बाट विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्कने भएका छन ।

आज कुवेत, बंगलादेशको ढाका, थाइल्याण्ड र सिंगापुरबाट नेपालीहरु स्वदेश फकदै छन ।

कुवेतबाट जजिरा एअरमार्फत १६८ जना, बंगलादेशको ढाकाबाट २ सय जना, बैंङ्ककबाट २५० जना स्वदेश फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी बताएका छन ।
क्षेत्रीका अनुसार सिंगापुरबाट कति नेपाली फर्कन्छन भन्ने विवरण आइसकेको छैन ।

कुवेतबाट १६८ जना लिएर जजिरा एअर दिउँसोको २ बजेसम्ममा आइपुग्ने छ । त्यसैगरी ढाकाबाट पनि हिमालय एअरलाइन्स दिउँसो १ देखि २ बजेसम्ममा त्रिभुवन विमानस्थलमा नेपालीहरु अवतरण गर्नेछन ।

बैंङ्ककबाट २५० नेपाली लिएर नेपाल एअरलाइन्स राति आइपुग्ने प्रवक्ता क्षेत्रीले बताए ।


प्रतिक्रिया दिनुहोस्