अनलाइन कक्षा नपढाए पनि रेडियो र टेलिभिजनबाट पढ्न पाइने : यस्तो छ नयाँ तालीका « Arthapath.com
१ श्रावण २०७७, बिहीबार

अनलाइन कक्षा नपढाए पनि रेडियो र टेलिभिजनबाट पढ्न पाइने : यस्तो छ नयाँ तालीका




काठमाण्डौ – निजी विद्यालय सञ्चालकहरुले आजदेखि अनालाईन बाट भइरहेको सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरे पनि विद्यार्थीले रेडियो र टेलिभिजनबाट पनी पढ्न पाउने छन ।

निजी विद्यालय सञ्चालकहरुले अनलाइन शिक्षा बन्द गरेर सबै शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदामा राख्ने निर्णय गरे पनि सरकारले भने वैकल्पिक शिक्षालाई निरन्तरता दिएको छ ।
सरकारले यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाई सुरु गरेको भएपनी सरकारले आजदेखि फेरी नयाँ तालिका सार्वजनिक गरेको छ ।


सरकारले सार्वजनीक गरको तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफूलाई अनुकूल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताए ।

सरकारले सार्वजनीक गरेको नयाँ तालीका यस्तो रहेको छ ।

रेडियो
१ रेडियो नेपालबाट ९ र १० कक्षाको अनिवार्य विषय

२ कान्तिपुर एफएमबाट ६, ७ र ८ कक्षाका अंग्रेजी, विज्ञान र सामाजिक विषय

३ देशभरका २ सय २५ भन्दा धेरै सामुदायिक रेडियोबाट ९ र १० कक्षाका अनिवार्य विषय

टेलिभिजन

नेपाल टिलिभिजनको एनटिभी प्लसबाट १ देखि ८ कक्षासम्मको विषयगत पाठ

डिसहोम, नेट टिभी, म्याक्स टिभी, मेरो टिभी र क्लियर टिभीको विद्यालय शिक्षा च्यानलबाट ९ र १० कक्षाको विषयगत श्रव्यदृश्य पाठ ।


प्राविधिक कारणले कक्षा सुरु हुन कहिलेकाहीँ २ देखि ५ मिनेट लाग्ने भएकाले विधार्थीलाई धैर्य गर्न पनि शाखाले अनुरोध गरेको छ ।

यसैगरी युट्युव च्यानल बाट पनि १ देखि १० कक्षासम्मका श्रव्यदृश्य पाठहरु पढ्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्