इन्भेष्टमेन्ट बैंकलाई विश्व बैंकको उत्कृष्ट साझेदारको अवार्ड « Arthapath.com
१६ श्रावण २०७७, शुक्रबार

इन्भेष्टमेन्ट बैंकलाई विश्व बैंकको उत्कृष्ट साझेदारको अवार्ड



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड(एनआईबीएल)ले विश्व बैंक (आईएफसी)बाटग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको छ ।

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ ।


जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको छ ।


आईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ ।


यो सञ्जाल (नेटवर्क)ले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ, प्रतिस्पर्धात्मक लगानीलाई प्रबद्र्धन गर्छ र अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्छ ।


पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भएको थियो ।

एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्