काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) मा नेपालको वैदेशिक व्यापारमा कृषि तथा स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूको निर्यात उत्साहजनक देखिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूको सूचीमा चिया र अलैँचीले मात्रै झन्डै १० अर्ब रुपैयाँको हिस्सा ओगटेका