काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र ३.०२ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) को त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.०२ प्रतिशतले विस्तार हुने