५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

शिक्षा मार्फत तीन महिनामै नेपालबाट बाहिरियो ३३ अर्ब विदेशी मुद्रा, किन रोकिएन ठुलो रकम खर्चिएर विदेश जाने प्रवृत्ति ?

काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढिरहेको छ । नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह रोकिएका छैन । यसले नेपालबाट बाहिरिने विदेशी मुद्रा पनि बर्सेनि बढ्दै गएको छ।  पछिल्लो केही वर्षदेखि विदेश अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या र सो मार्फत बाहिरिने विदेशी मुद्रा निरन्तर बढेको तथ्याङ्कले देखाउँछ ।