५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

नेपालको अन्तर्राष्ट्रिय व्यापार: १०० बढी देशसँग घाटा, अमेरिकासहित २५ वटा मुलुकले नेपाललाई कसरी दिलाए नाफा ?

काठमाडौँ । नेपालले १३७ वटा मुलुकहरूसँग अन्तर्राष्ट्रिय व्यापार गरेको छ । ती मुलुकहरूमध्ये अधिकांशसँगको व्यापार घाटामा छ ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा अर्थात् गत साउनदेखि असोज मसान्तसम्ममा नेपालले कुल ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।