२४ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्र

सरकारको लक्ष्यअनुसार छैन आम्दानी, बजेट घाटा डेढ खर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० सरकारको आम्दानी भन्दा खर्च बढी अर्थात बजेट घाटा डेढ खर्ब भन्दा माथि पुगेको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त फागुन २१ गते सम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार समिक्षा अवधिमासम्म सरकारको बजेट घाटा १ खर्ब ५३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।