काठमाडौँ । भूमी सम्बन्ध विभिन्न नियम, कानुन र नीति बनेपनि भूमीहिन तथा साना किसानको समस्या समाधान नभएको सरोकारवालाले गुनासो गरेका छन् । भूमी सम्बन्धी समस्या समाधान गर्ने व्यवस्था संविधानमा पनि गरेको छ, त्यसका साथै विभिन्न नीति तथा ऐनहरु बनेका छन् तर समस्या जस्ताको त्यस्तै रहेको गुनासो उनीहरुले गरेका छन् ।