२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

सात उद्योगको सम्पत्ती बेच्ने देखेपछि बजेटबारे विचौलिया र ब्यापारीको चासो बढ्यो

काठमाडौँ । गत साताको मन्त्रिपरिषद् बैठकले ‘रुग्ण’ हालतमा रहेका सरकारी स्वमित्वका उद्योग तथा खानीहरुमा भएको ‘सरकारी लगानी व्यवस्थापन’ गर्न अर्थ मन्त्रालयलाई स्विकृति दिने निर्णय गर्यो । यसले थुप्रै मानिसलाई तरंगित बनाइदिएको छ । खासगरी सरकारी स्वामित्वको भूमिमाथि अनेकौं बहानामा नियन्त्रण गर्ने व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरु यस निर्णयप्रति खुब चासो राख्न थालेका