हामीले चलाउने इन्टरनेट कुनै अदृश्य खानी वा आकाशबाट होइन, समुद्रको हजारौँ मिटर गहिराइमा बिछ्याइएका मानिसको कपालभन्दा पनि मसिना ‘सिसाका तार’ बाट दौडिएर आउँछन्। युद्ध वा कलहका कारण यदि ती संवेदनशील तारहरू काटिए भने संसारको अर्थतन्त्र र सञ्चार केही बेरमै ढुङ्गे युगमा फर्कन सक्छ- जसको विकल्प न स्याटेलाइट हुनसक्छ, न त