काठमाडौं । वाणिज्य बैंकहरु गत साल असाध्यै राम्रो मार्जिनमा कारोबार गरेका थिए । वर्ष भरी नै सिडी रेसियो उच्चतम सीमामा थियो । धेरै पटक त्यस्तो सीमा तोडिएको थियो । यसको अर्थ, बैंकहरुले सम्भव हुनेसम्म सबै स्रोतको लगानी गरेका थिए । अघिल्ला केही वर्षको तुलनामा ब्याजदर अन्तर पनि आकर्षक थियो ।