काठमाडौं । राष्ट्र बैंकले सुपरिवेक्षणमा कडाइ गर्दै बैंक तथा वित्तीय संस्थासँग अतिरिक्त विवरणहरु माग्न थालेको छ । आर्थिक पुनरुत्थानको काम धेरै अघि बढेपछि अव वित्तीय स्थायित्त्वमा केन्द्रिय बैंकले बढी प्रयास गरिरहेको छ । तर राष्ट्र बैंकको यस्तो गतिविधीबाट केही बैंक तथा वित्तीय संस्था भने आत्तिन थालेको बैंकर नै बताउँछन् ।