काठमाडौं । बैंकहरुसँग कर्जा लगानी गर्ने पैसाको अभाव हुन थालेपछि कृत्रिम निक्षेप देखाएर ऋण बढाउन थालेका छन् । ‘५–६ वटा बैंकले यसरी कृत्रिम निक्षेप देखाउँदै ऋण बढाउन थालेका छन्,’ एक बैंकरले भने, ‘राष्ट्र बैंकले सीडी रेसियो (कर्जा निक्षेप अनुपात) गणना गर्ने विधी फेरिदिएपछि अहिले बैंकहरुले चोरबाटोबाट ऋण बढाएका छन् ।’