२४ भदौ २०८३, बुधबार

अटो

नाडा अटो सोको लागी भित्रियो हुण्डाई नयाँ क्रेटा, नवीन सुविधा र आकर्षक स्वरुप

काठमाडौँ । नेपालमा नयाँ हुन्डाई क्रेटा कार सार्वजनिक गरेको छ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मिड साइज एसयूभी सेगमेन्टमा आएको यो नयाँ गाडी सार्वजनिक गरेको हो । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम, एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ ।