२४ भदौ २०८३, बुधबार

अटो

टाटाले भित्र्यायो ३४ लाख पर्ने नयाँ गाडी, टेस्ट ड्राइभिङका लागि देशभर उपलब्ध

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ गाडी ‘एनआरजी’ भित्र्याएको छ । १२०० सिसिको इन्जिन क्षमताको यो गाडी नेपाल भित्र्याउने वित्तिकै टेस्ट ड्राइभका लागि सिप्रदीका नेपालभर रहेका शोरुममा उपलब्ध गराएको कम्पनीले जनाएको छ । गाडीका बाहिरी बनावट बलियो र ग्राउण्ड क्लियरेन्स उच्च रहेको कम्पनीले जनाएको छ ।