काठमाडौं । अचेल शहरी क्षेत्रमा जताततै क्यूआर भुक्तानी हुने भएकाले धेरै मानिसहरुले पर्सलाई बाक्लो बनाएर एटीएम कार्ड बोक्नै छाडिसके । कहिले स्क्र्याच हुने त कहिले कार्ड हराउने समस्या यसै पनि भइ नै हाल्यो । कतिपय मानिसहरुलाई त कामको सिलसिलामा होस् वा व्यक्तिगत र पारिवारिक कारणले पनि कुन बेला कहाँ पुग्नु