काठमाडौं । एभरेष्ट बैंकले शाखा तथा प्रादेशिक कार्यालय संचालनका लागि घर जग्गा खरिद गर्ने भएको छ । बैंकले धनगढी स्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनका लागि घर/जग्गा आवश्यक परेको जनाएको छ । घरजग्गा धनगढी चौराहा चोकबाट पूर्वतर्फ मेनरोड रातो/कैलाली पुल हुँदै क्याम्पस चोक आसापसको क्षेत्रमा हुनुपर्ने बैंकले जनाएको छ ।