काठमाडौं । सनराइज बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।