२४ भदौ २०८३, बुधबार

बैंक

विदेशी पर्यटकको रोजाइमा डिजिटल भुक्तानी, एक वर्षमा झण्डै ३ अर्बको अन्तरदेशीय कारोबार

काठमाडौँ। नेपालमा विदेशी पर्यटकको खर्च गर्ने शैली बदलिँदै गएको छ। केही वर्षअघिसम्म नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकले दैनिक खर्चका लागि पर्याप्त नगद बोकेर हिँड्नुपर्ने अवस्था थियो। अहिले भने डिजिटल भुक्तानीको विस्तारसँगै त्यो बाध्यता क्रमश: हट्दै गएको छ। नेपाल राष्ट्र बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीलाई अनुमति दिएपछि विदेशी पर्यटकले नेपालमै आफ्नो