१९ भदौ २०८३, शुक्रबार

बैंक

बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप सङ्कलन कम, कर्जाको माग उच्च

दुई वर्षदेखि कोरोनाले ध्वस्त अर्थतन्त्र कोरोनाको खोप सुनिश्चित हुँदै गएपछि चलायमान हुने तरखरमा अगाडि बढिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा भने यतिबेला लगानीयोग्य रकमको अभाव रहेको समाचार आइरहेको छ । सामान्य रूपमा अहिले देशमा आर्थिक तरलता देखिएको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम निक्षेपमा ब्याज बढाएका छन् ।