काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा २० करोडले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार ५३ करोड १५ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकले ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा २० करोड बढि हो ।