काठमाडौं । ग्लोवल आइएमई बैंकको निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत्र १ गतेदेखी निष्कासन गरेको ग्लोवल आइएमई डिभेञ्चर २०८६÷०८७ को म्याद १२ दिन थप गरेको थियो । मागभन्दा आवेदन बढि परेकाले चैत्र १६ गते सोमबार बैंकिङ्ग समय पछि बन्द हुने जनाएको छ ।