काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गतेका लागि बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।