काठमाडौं । पछिल्लो समय लघुवित्तको नाफामा संकुचन देखिएको छ । खराब कर्जा बढ्दा कम्पनीहरुको मुनाफा ओरालो लागेसँगै जसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानीमा पर्ने भएको छ । संचालनमा रहेका लघुवित्तहरु मध्ये अधिकांश लघुवित्तको प्रतिसेयर आम्दानी ओरालो लागेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको विवरण अनुसार ४० कम्पनीको प्रतिसेयर आम्दानी घटेको