काठमाडौं । निर्धन उत्थान लघुवित्तले साधारण सभा आज फागुन १२ गते बोलाएको छ । सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ