काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले सिभिल बैंकको मोबाइल बैंकिङ एप निशुल्क चलाउन मिल्ने व्यवस्था गरेको छ । मोबाइल बैंकिङ एप निशुल्क चलाउन मिल्ने व्यवस्थामा टेलिकम र बैंकबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्ट र नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका छन् ।