२५ भदौ २०८३, बिहिबार

बैंक

एभरेष्ट बैंकको साधारण सभा भोलि बस्दैं, के के छन् एजेण्डा ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा भोलि (मंसिर २६ गते) बस्दै छ । सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभामा आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।