काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकको खुद नाफा ६२.२७ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ