२६ श्रावण २०८३, मंगलबार

Banner First

कोरियाली राजदूतले अर्थमन्त्रीलाई भेटेर भने, ‘माथिल्लो त्रिशूली १ मा किन ढिलाइ भयो’

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाईबारे चासो राखेका छन् । कोरियाली लगानी रहेको उक्त आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको राजदूत पार्कले बताए । राजदूतको उक्त चासोबारे मन्त्रालयले स्पस्ट प्रतिक्रिया दिएको छैन ।